श्रीमानले गरे श्रीमतीको हत्या
काठमाडाैं | फागुन २, २०७९
दैलेख : दैलेखमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । गुराँस गाउँपालिका–८ माथिल्लो गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया पार्वती बिसीको हत्या गरेका हुन् ।
खड्काले सोमबार राती श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए । काठको गरालो घटनास्थलमा भेटिएको र सोहि गरालोले प्रहार गरेर हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी लम्सालले बताए ।
डीएसपी लम्सालका अनुसार खड्का र बिसीको गत मंसिरमा विवाह भएको थियो । खड्काले विवाह गरेको तीन महिना नबित्दै श्रीमतीको हत्या गरेका हुन् । मृतक बिसीको माइती घर गुराँस गाउँपालिका–६ मा हो ।
‘पति पत्नी दुवै अशक्त हुनुहुन्छ,पति बोल्न नसक्ने र कान नसुन्ने हुनुहुन्छ,पत्नी सुस्त मनस्थितीको रहेको अनुसन्धानबाट खुलेको छ,'डीएसपी लम्सालले भने, ‘सोमबार पति पत्नीबीच सामान्य झै–झगडा परेको हुनसक्छ,पत्नी हत्यामा संलग्न खड्का बोल्न नसक्ने र कान नसुन्ने भएका कारण के कारणले हत्या गरेको भन्ने खुलेको छैन् ।’
खड्कालाई प्रहरीले पक्राउ गरेको छ। मृतकको तर्फबाट भिनाजु नाता पर्नेले जाहेरी दिएको र घटनाबारे थप अनुसन्धान थालिएको डीएसपी लम्सालले बताए । मृतकको शव पोस्टमार्टमका लागि दैलेख जिल्ला अस्पतालमा ल्याइएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

